माओवादी रूपान्तरणका लागि सुदनले सुझाए ५ विकल्प

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०८२, १४ : ३३
माओवादी रूपान्तरणका लागि सुदनले सुझाए ५ विकल्प

काठमाडौँ । नेकपा एससँग एकताको तयारीलाई लिएर असन्तुष्ट माओवादी नेता एवं पूर्वमन्त्री सुदन किरातीले माओवादी रूपान्तरणका लागि ५ वटा विकल्प सुझाएका छन् । ती विषयको लिखित प्रतिबद्धता भए मात्र एकता गर्न सकिने उनको प्रष्टीकरण छ ।

फेसबुकमा स्ट्याटस लेख्दै किरातीले आवश्यक पर्दा संरक्षकले पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरी विधान संशोधन गरी नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँट गर्न सुझाएका छन् ।

माधव नेपालतर्फ लक्षित गर्दै उनले भ्रष्टाचार मुद्दाको छानबिन भइरहेको बेला एकता तत्काल नगर्न भनेका छन् । ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाएर पदाधिकारीलाई निर्देश कमिटीमा बदल्नुपर्ने साथै तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने विकल्प पनि किरातीले विकल्प अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस