काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।
उनी समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने नगर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले शीतल निवासमा पत्र पठाएका थिए ।
यस वर्षको गणतन्त्र दिवस समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि भने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक