काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा औपचारिक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस तथा विधान सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाट गणतन्त्र, लोकतान्त्रिक आन्दोलन र मुलुकले हासिल गरेका उपलब्धिबारे स्पष्ट दृष्टिकोण सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीको धारणा सुन्न आम नागरिक उत्सुक रहेको उल्लेख गर्दै प्रथम राष्ट्रपति यादवले राष्ट्रिय महत्वका अवसरमा सरकार प्रमुखले सार्वजनिक सम्बोधन गर्नु आवश्यक रहेको बताए।
उनले विभिन्न राजनीतिक आन्दोलन र संघर्षमार्फत मुलुकले प्राप्त गरेका उपलब्धिप्रति सरकारको धारणा समेत सार्वजनिक हुनुपर्ने संकेत गरे।
कार्यक्रममा बोल्दै उनले गणतन्त्र दिवसका अवसरमा आयोजना हुने औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्षता गर्ने सम्बन्धी समाचार आफूले पत्रपत्रिकामार्फत जानकारी पाएको प्रसंग पनि उल्लेख गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नबोलेका प्रधानमन्त्रीले संसदमा बोल्लान् त आज ?