काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि समाधान गर्दै संगठनात्मक एकता कायम राख्ने उद्देश्यसहित नेता डा.शेखर कोइरालाले पाँच बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन्।
पार्टी सभापति गगन थापासँग निरन्तर छलफलमा रहेका कोइरालाले आगामी १५औँ महाधिवेशनलाई सहमतिमार्फत सम्पन्न गर्ने वातावरण बनाउन उक्त प्रस्ताव अघि बढाएको जनाइएको छ।
प्रस्ताव अनुसार १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको अद्यावधिकलाई अनिवार्य नबनाई १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका सदस्यताकै आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनपछिको संरचनालाई समायोजन गरेर एकीकृत कार्यसमिति बनाउने सुझाव पनि प्रस्तावमा समेटिएको छ। कार्यसम्पादन समिति गठन गर्दा सभापति पक्षको बहुमत सुनिश्चित गर्ने तथा निर्वाचन समिति, अनुशासन समिति, विधान समिति, क्रियाशील सदस्यता छानबिन समिति लगायतका संरचना आपसी सहमतिबाट गठन गर्नुपर्ने धारणा समेत राखिएको छ।
पार्टीभित्र सहमति कायम राख्ने विषयमा सभापति थापाले पनि लचकता अपनाउने संकेत दिँदै आएका छन्। उनले पूर्वसभापति शेरबहादुर देउवा पक्ष र कोइराला समूहलाई समेटेर महाधिवेशन सम्पन्न गर्न आफू सकारात्मक रहेको बताउँदै आएका छन्।
यसैबीच, थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का तथा कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने सन्देश समेत पठाइसकेको बताइएको छ। साथै, असन्तुष्टि जनाउँदै आएका १९ जना नेतालाई यसअघि नै केन्द्रीय समितिमा समावेश गरिसकिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ जेठ २०८३, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि