काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपछि नेपालमा छिमेकी मित्रराष्ट्र भारत– चीन मात्रै होइन, अमेरिकासम्मको पनि चासो नेपालमा बढेको छ ।
१३ चैतमा बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीको भोलि (सोमबार) नेपाल भ्रमण हुन लागेको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार (भोली) नेपाल आउँदै छन् । कपुर तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।
उनीसँगै अन्य दुई अमेरिकी अधिकारी पनि भ्रमण दलमा हुने र उनले भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यस्तै भ्रमण कपुरले बंगलादेशमा पनि गरेका थिए । बंगलबादेशमा नयाँ सरकार बनेलगत्तै उनले त्यहाँ पनि भ्रमण गरेका थिए । नेपालमा पनि नयाँ सरकार बनेपछि उनको हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनी फर्केलगत्तै भारतीय विदेश सचिव विक्रम मिश्री पनि काठमाडौं आउने तयारीमा छन् । उनी नेपालको नयाँ सरकार, पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा बुझन र भारत र नेपाल सरकारका बीचको प्राथमिकता क्षेत्रहरुका बारेमा छलफल गर्न नेपाल आउन लागेका हुन् ।
मिश्री भारतीय तिनै अधिकारी हुन्, जसले गत भदौं १ मा नेपाल आएर तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए । भारतसँगको चिसोपनाका कारण ओलीको भारत भ्रमण नभईरहेका बेला मिश्रीले भदौं १ मा भारतीय वायुसेनाको विमानबाट काठमाडौं आएर ओलीलाई भ्रमणको औपचारिक निम्तो गरेका थिए ।
भारतीय पक्षको निम्तोपछि ओली भारत भ्रमणमा जाने तयारी भईरहेका बेला तीन साता मै गत भदौं २३ र २४ मा नेपालमा जेनजी आन्दोलन भयो । ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै राजीनामा दिएर सेनाको हेलिकप्टरमा भाग्ने परिस्थिती निर्माण भयो । त्यसपछि संसद विघटन भएर चुनाव गराउन अन्तरिक सरकार गठन भयो । अन्तरिम सरकारले चुनाव गराएर रास्वपाको बलियो सरकार निर्माण भएको छ ।
त्यसपछि फेरि भारतीय सरकारको सन्देश बोकेर विदेश सचिव मिश्री नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । मिश्रीको भ्रमण अप्रिल अन्तिमसम्म भईसक्ने र मे पहिलो साता रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण हुने गरी तयारी भईरहेको श्रोतको भनाइ छ । रवि मे ५,६ तारिखतिर दिल्ली जानेछन् । त्यस अगाडी नै मिश्रिको नेपाल भ्रमण हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने