काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गरेकी हुन् ।
नयाँ वर्ष २०८३ को शुभकामना दिँदै उनले फेसबुकमार्फत भनेकी छन्, ‘बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् । राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनसँग किन चिढिइन् सुशीला कार्की ?
सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"
सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
सुशीला कार्की नेतृत्वको सरकारका दुई निर्णयमा सर्वोच्चको रोक