सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज

सफल खबर संवाददाता

आइतबार, २० बैशाख २०८३, ०८ : ०५
सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज

काठमाडौँ । सुशीला कार्कीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोषमा आदर्शकुमार श्रेष्ठलाई अध्यक्ष नियुक्ति गरेकी थिइन् । 

नयाँ सरकार बन्नुअघि प्रमुख स्वकीय सचिवलाई कोषमा नियुक्ति दिलाएको भन्दै कार्की आलोचित समेत भएकी थिइन् । 

तर, उनै आदर्श कुमार श्रेष्ठको पद समेत राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशसँगै जाने भएको छ । 

‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मा ‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्‍चालक समितिका अध्यक्ष र सदस्यहरू’ पदमुक्त हुने उल्लेख छ ।

‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिम नै आदर्शको समेत नियुक्ति भएको थियो ।

प्रतिक्रिया दिनुहोस