काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हने बताएकी छन्।
निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागेको स्पष्ट पारेकी छन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित रहेको पनि उनले बताइन्।
उनले निर्वाचन प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति