उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, १९ : ३१
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सोही अवसरमा उपराष्ट्रपति यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र इजिप्टबीच कायम रहेको मित्रता र सद्भाव पूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरे । उनले नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा काठमाडौंमा दूतावास स्थापना गरेको उल्लेख गर्दै यसले दुई देश बीचको सौहार्दपूर्ण सम्बन्धको द्योतकका रूपमा कार्य गरेको बताए ।

उनले लामो अन्तरालपछि आजै कायरोमा आयोजना हुन लागेको नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुसी व्यक्त गर्दै उक्त बैठकबाट महत्त्वपूर्ण सम्झौता तथा समझदारी पत्रहरूमा हस्ताक्षर हुने र सहकार्यका नयाँ मार्गहरू खुल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस