कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत

सफल खबर संवाददाता

विहीबार, २८ जेठ २०८३, १३ : ०७
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गम्भीर पहलकदमी लिन जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले अहिले पार्टीको जनाधार खस्किएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले बृहत्तर एकताका लागि पहलकदमी लिन जरुरी रहेको बताए ।

समयमा नै पार्टीभित्र बृहत्तर एकता नभए लोकप्रिय पार्टीको रूपमा पुन:स्थापित गर्ने अभियान कमजोर हुने भन्दै उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट पार्टीको एकताका लागि प्रभावकारी काम हुन नसकेको धारणा राखे ।

नेता महतले बृहत्तर एकताका लागि पन्ध्रौँ महाधिवेशनको निष्पक्ष निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुनुपर्ने बताए । त्यसका लागि यसअघिको नियमित महाधिवेशनको नेतृत्वकर्ता र विशेष अधिवेशनबाट निर्वाचित भएको नेतृत्वकर्ताबीच समझदारी बन्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस