काठमाडौ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने संसद अधिवेशनलाई लक्षित गर्दै बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने सम्भावना रहेको छ ।
पार्टीका पूर्व उपाध्यक्ष तथा सांसद गुरु बरालका अनुसार बैठक दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सांसद सुनिश्चित गरेको छ ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति तथा संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग