काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको आन्तरिक कलह र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विषयमा सभापति शेरबहादुर देउवामाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
पार्टीभित्रको कानुनी विवाद र समितिहरूको वैधानिकतालाई लिएर भइरहेको खिचातानीका बीच देउवाले चालेको कदमलाई बाँस्कोटाले 'सुनियोजित रणनीति' को रूपमा अर्थ्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले नेपाली कांग्रेसभित्रको कानुनी विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेकै समयमा सभापति देउवाले पुरानो समितिको बैठक बोलाउनुले एउटा विशेष संकेत गरेको बताए।
उनले भनेका छन्, 'मौन राजनीतिका माहिर खेलाडी मानिने शेरबहादुर देउवाले पुरानो समितिको बैठक राखेको भन्ने सुनिन्छ। यसले अदालतको फैसला आफ्नो पक्षमा आउनेमा उहाँ ढुक्क हुनुहुन्छ भन्ने देखाउँछ।'
आफ्नो टिप्पणीलाई अझ घतलाग्दो बनाउन उनले नेपाली उखान र बिम्बहरूको प्रयोग गरेका छन्। बाँस्कोटाले भनेका छन्, 'खेल खेलाडीका, जित अनाडीका भन्थे, यस्तै पो होला कि? शंका गरेँ मैले, लंका हाने कसैले भने— थाहा छैन।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता