काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ र यसको परिणाम दलहरूका लागि एउटा शिक्षा भएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले ‘चुनावको नतिजा र शिक्षा’ शीर्षकमा विचार राख्दै यस्तो बताएका हुन् ।
उनले नेपालमा अहिले देखिएको बालेन लहर र सन् १९८४ को भारतीय चुनावको ‘राजीव लहर’ बीच तुलना गरेका छन् । “सन् १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै ‘राजीव लहर’ देखिएको थियो । त्यस समयमा भारतीय लोकसभामा कंग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो,” पोखरेलले लेखेका छन्, “वर्तमान सत्तारुढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो ।”
तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कंग्रेस (आई) क्रमशः कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त हुँदै अघि बढेको उनले उल्लेख गरेका छन् । यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको उनको तर्क छ ।
महासचिव पोखरेलले पुराना उदाहरण पेस गर्दै चुनावी लहर वा एक पटकको ठुलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन् । “यस घटनाक्रमले एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ- जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्,” उनले अगाडि भनेका छन्, “जित्ने र हार्ने दुवैका लागि यी शिक्षाका विषय हुन् ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेशको भनाइको अधुरो अंश सम्प्रेषण भएको हुनसक्छ : शंकर पोखरेल
२८ हजार बढी मतान्तरले हारे शंकर पोखरेल
‘विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक’ : शंकर पोखरेल
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल