भ्रष्ट हुन नदिने राप्रपाको संकल्प

सफल खबर संवाददाता

शनिबार, ०२ फागुन २०८२, १६ : २२
भ्रष्ट हुन नदिने राप्रपाको संकल्प

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् । घोषणापत्रमा भ्रष्टाचार सम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागु गरिने उल्लेख छ।

नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्ट्राचार तथा अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन स्वार्थको द्वन्द्वसम्बन्धी कानुन जारी गरिने, अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने, राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस