काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको छ।
घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार बिहान धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर छलफल गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घोषणापत्र भ्रष्टाचारको अन्त्य, सुशासन तथा राजसंस्थाको पुनर्स्थापनासहितका एजेण्डामा केन्द्रित रहेर तयार गरिएको छ।
राप्रपाले आगामी राजनीतिक कार्यदिशा र आफ्ना प्राथमिकताबारे स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो