काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको निवासमा चोरी भएको भन्ने सूचनाबारे प्रारम्भिक जाँचपछि प्रहरीले त्यस्तो घटना नभएको जनाएको छ।
काठमाडौँ प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनास्थलको अवलोकन गर्दा घरभित्रबाट कुनै सामान हराएको वा तोडफोड गरिएको प्रमाण फेला परेको छैन। घरको ढोकामा रहेको ग्रिल भाँचिएको अवस्थामा देखिए पनि चोरीसँग सम्बन्धित गतिविधि देखिन नआएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा चोरी भएको संकेत नदेखिए पनि घटनाको यथार्थ पत्ता लगाउन थप अनुसन्धान प्रक्रिया जारी राखिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मण्डिखाटारस्थित बालेन शाहको घरको गेट फुटाइयो
मौनमै सीमित ‘बालेन’ को सुदूरपश्चिम यात्रा, अपेक्षित प्रभाव देखिएन
बालेन र हर्कसहित अन्य तीनजनालाई आयोगले सोध्यो स्पष्टीकरण
आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान
चुनावी बहसबाट आरोपतर्फ बालेन, आयोगमा उजुरी दर्ता
बालेनले गरे पाथिभरा माताको दर्शन