काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको निवासमा चोरी भएको भन्ने सूचनाबारे प्रारम्भिक जाँचपछि प्रहरीले त्यस्तो घटना नभएको जनाएको छ।
काठमाडौँ प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनास्थलको अवलोकन गर्दा घरभित्रबाट कुनै सामान हराएको वा तोडफोड गरिएको प्रमाण फेला परेको छैन। घरको ढोकामा रहेको ग्रिल भाँचिएको अवस्थामा देखिए पनि चोरीसँग सम्बन्धित गतिविधि देखिन नआएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा चोरी भएको संकेत नदेखिए पनि घटनाको यथार्थ पत्ता लगाउन थप अनुसन्धान प्रक्रिया जारी राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन