काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित निजी निवासमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले राजधानीमा रहेको शाहको घरको मूल ढोका (गेट) मा क्षति पुर्याएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको गेटमा रहेको फलामे ग्रील फुटाइएको अवस्थामा भेटिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले उक्त स्थानको निरीक्षण गरेको थियो ।
परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीले घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले तोडफोड भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘घरमा कोही नबस्ने र गेट पनि फुटाइएको देखिएकाले शंकास्पद समूहले चोरीको प्रयास गरेको हुनसक्छ,’ डिएसपी बुढाथोकीले भने, ‘हालसम्म घरभित्रका सामानहरू हराएको भन्नेबारे कुनै आधिकारिक उजुरी भने प्राप्त भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन