मण्डिखाटारस्थित बालेन शाहको घरको गेट फुटाइयो

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०८२, १२ : ०३
मण्डिखाटारस्थित बालेन शाहको घरको गेट फुटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित निजी निवासमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले राजधानीमा रहेको शाहको घरको मूल ढोका (गेट) मा क्षति पुर्‍याएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको गेटमा रहेको फलामे ग्रील फुटाइएको अवस्थामा भेटिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले उक्त स्थानको निरीक्षण गरेको थियो ।

 

परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीले घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले तोडफोड भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘घरमा कोही नबस्ने र गेट पनि फुटाइएको देखिएकाले शंकास्पद समूहले चोरीको प्रयास गरेको हुनसक्छ,’ डिएसपी बुढाथोकीले भने, ‘हालसम्म घरभित्रका सामानहरू हराएको भन्नेबारे कुनै आधिकारिक उजुरी भने प्राप्त भइसकेको छैन ।