काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताएका छन् । साथै उनले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने तर्क गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान ‘आजको देशभक्तिको विषय’ भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने,तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताएका हुन् ।
‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो,संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो,सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो’, महासचिव पोखरेलले भनेका छन्,‘समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ ।’
विश्वव्यापी रूपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल