काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रयोग गरेको भाषिक अभिव्यक्तिलाई लिएर आफूबाट सार्वजनिक रूपमा भएको टिप्पणीप्रति क्षमा व्यक्त गरेका छन्।
जनकपुरमा आयोजित रास्वपाको चुनावी सभामा साहले मैथिली भाषामा सम्बोधन गर्ने क्रममा ‘मधेसी छौरा प्रधानमन्त्री बन्ने’ भन्ने भावको अभिव्यक्ति दिएका थिए। सोही सन्दर्भमा मैथिली भाषाको अर्थ के लाग्छ भन्ने विषयमा बस्नेतले राखेको जिज्ञासालाई केही व्यक्तिहरूले गलत आशयका साथ प्रस्तुत गरेको उनको भनाइ छ।
बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मधेस, मैथिली भाषा, संस्कृति र पहिचानप्रति आफू सधैँ सम्मानशील रहेको स्पष्ट पारे। आफूले नबोलेका वा फरक आशय निहित नभएका विषयलाई तोडमोड गरी प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै उनले यस्ता प्रचारबाट भ्रमित नहुन आग्रह गरेका छन्।
उनले उक्त प्रक्रियामा कसैको भावना अनाहकमा आहत भएको भए त्यसप्रति आत्मालोचना गर्दै क्षमायाचना गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन