काठमाडौं । आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।
सुरुमा ब्याट्रि गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो । जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । नुवानिदु फर्नान्डोले ३८ र सहान अराकिगेले अविजित ३३ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए । यस्तै आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित