काठमाडौ । नेकपा एमालेले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र त्यसले निम्त्याएको वैधानिकताको संकटप्रति गम्भीर चासो व्यक्त गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै निर्वाचन आयोगको पछिल्लो निर्णयले लोकतान्त्रिक प्रणालीमै गम्भीर प्रश्न उठाएको बताएका हुन्।
निर्वाचन आयोगले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आधिकारिकता खोसेर विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई वैधता दिने निर्क्षय गरेको थियो ।
एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रारम्भमै अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र विशेषगरी नेपाली कांग्रेसभित्रको विवादमा निर्वाचन आयोगले गरेको निर्णयमाथि टिप्पणी गरेको बताए । एमालेले यसलाई केवल एउटा दलको आन्तरिक मामिलाका रूपमा मात्र नभई समग्र लोकतन्त्रमाथिको प्रहारका रूपमा लिएको उनले बताए ।
बैठकमा अध्यक्ष ओलीले भने, 'हामी प्रतिपक्ष हौँ कांग्रेसको, तर पनि हिजो निर्वाचन आयोगले जुन खालको निर्णय गर्यो, त्यो हाम्रो सरोकारको विषय हो। जब लोकतन्त्रमाथि प्रहार हुन्छ, त्यतिबेला हामी चुप लागेर बस्न सक्दैनौँ।'
एमालेले निर्वाचन आयोगले कानुनका दफाहरू, संविधान र आयोगकै ऐनहरूलाई बेवास्ता गर्दै अर्को पक्षलाई आफ्नो कुरा राख्ने मौका समेत नदिई एकपक्षीय निर्णय गरेको आरोप लगाएको छ। यसले भोलिका दिनमा लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयतामा ह्रास आउने र शक्ति केन्द्रहरूको इसारामा निर्णय हुने गलत प्रवृत्तिको विकास हुने चिन्ता एमालेले व्यक्त गरेको छ।
अध्यक्ष ओलीले अहिलेको समयलाई 'अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण' घडीका रूपमा चित्रण गरेको समेत भट्टले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली