भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०८२, ११ : ३६
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

काठमाडौँ । भेनेजुएलाकी विपक्षी दल नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छिन् । बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा उनले आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेकी हुन्। 

ट्रम्प आफैले सामाजिक सञ्जालमार्फत मचाडोबाट आफूले नोबेल शान्ति पुरस्कारको पदक प्राप्त गरेको जानकारी दिएका छन् ।

‘मेरो कामको सम्मान स्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ । यो पारस्परिक सम्मानको सुन्दर संकेत हो । धन्यवाद मारिया,’ ट्रम्पले भनेका छन्।

माचाडोले पनि भेटवार्ता अत्यन्त सकारात्मक भएको बताउँदै भेनेजुएली जनताको स्वतन्त्रताप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको कदर स्वरूप आफूले पाएको पदक ट्रम्पलाई दिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस