ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०८२, १० : ५६
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

अमेरिकाले सैन्य कारबाही गरी गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेर अमेरिका पुर्‍याएको छ । अमेरिकी अदालतमा मादुरोमाथि हतियार तथा लागुऔषध तस्करीको आरोप लगाउँदै मुद्दा चलाइएको छ । 

अमेरिकी कदमपछि भेनेजुएलामा सत्ता रिक्तताको अवस्था सिर्जना भएको भन्दै पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।