काठमाडौँ। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको छ ।
भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ ।
दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्यांकर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ अवरुद्ध गर्ने घोषणा गरेपछि यो घटना भएको हो ।
अमेरिकी गृहमन्त्री क्रिस्टी नोमले एक्समार्फत् जानकारी दिँदै डिसेम्बर २० को बिहान अमेरिकी तटरक्षकले रक्षा मन्त्रालयको सहयोगमा भेनेजुएलामा अन्तिम पटक डक गरिएको तेल ट्यांकर नियन्त्रणमा लिएको बताए । सो पोस्टसँगै सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर समुद्रमा रहेको ठूलो ट्यांकरमाथि उडिरहेको दृश्य देखाइएको थियो ।
काराकासले यस घटनाको कडा निन्दा गर्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ र जिम्मेवार व्यक्तिहरूले न्याय र इतिहासको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका अनुसार ‘सेन्चुरी’ नामक उक्त जहाजले अमेरिकी प्रतिबन्धअन्तर्गत पर्ने तेल बोकेको आशंका गरिएको छ । ट्यांकर ट्र्याकरका अनुसार यो चिनियाँ स्वामित्वको, पानामाको झण्डा बोकेको तेल ट्यांकर हो ।
उक्त ट्यांकरले यस महिनाको सुरुमा भेनेजुएलाको बन्दरगाहबाट करिब १८ लाख ब्यारेल कच्चा तेल लोड गरी डिसेम्बर १८ मा विशेष आर्थिक क्षेत्रबाट बाहिरिएको बताइएको छ ।
यसैबीच, दक्षिण अमेरिकी मर्कोसुर शिखर सम्मेलनका क्रममा पनि भेनेजुएला मुद्दाले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक बहसलाई थप चर्काएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स