काठमाडौँ। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको छ ।
भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ ।
दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्यांकर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ अवरुद्ध गर्ने घोषणा गरेपछि यो घटना भएको हो ।
अमेरिकी गृहमन्त्री क्रिस्टी नोमले एक्समार्फत् जानकारी दिँदै डिसेम्बर २० को बिहान अमेरिकी तटरक्षकले रक्षा मन्त्रालयको सहयोगमा भेनेजुएलामा अन्तिम पटक डक गरिएको तेल ट्यांकर नियन्त्रणमा लिएको बताए । सो पोस्टसँगै सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर समुद्रमा रहेको ठूलो ट्यांकरमाथि उडिरहेको दृश्य देखाइएको थियो ।
काराकासले यस घटनाको कडा निन्दा गर्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ र जिम्मेवार व्यक्तिहरूले न्याय र इतिहासको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका अनुसार ‘सेन्चुरी’ नामक उक्त जहाजले अमेरिकी प्रतिबन्धअन्तर्गत पर्ने तेल बोकेको आशंका गरिएको छ । ट्यांकर ट्र्याकरका अनुसार यो चिनियाँ स्वामित्वको, पानामाको झण्डा बोकेको तेल ट्यांकर हो ।
उक्त ट्यांकरले यस महिनाको सुरुमा भेनेजुएलाको बन्दरगाहबाट करिब १८ लाख ब्यारेल कच्चा तेल लोड गरी डिसेम्बर १८ मा विशेष आर्थिक क्षेत्रबाट बाहिरिएको बताइएको छ ।
यसैबीच, दक्षिण अमेरिकी मर्कोसुर शिखर सम्मेलनका क्रममा पनि भेनेजुएला मुद्दाले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक बहसलाई थप चर्काएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण