भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

एजेन्सी

आइतबार, २० पुस २०८२, ०६ : ५०
भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍याएको छ । बिबिसीका अनुसार काराकसमा आक्रमणपछि पक्राउ परेका मधुरोलाई न्युरोर्क पुर्‍याएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बिबिसीका अनुसार पक्राउ परेका मदुरो न्युयोर्क पुर्‍याइएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर सार्वजनिक गर्दै मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका थिए ।

ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए।अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता उनी बेपत्ता थिए । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको दाबी गरेको थियो ।

राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका थिए । यसैबीच, भेनेजुएलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् ।

एएफपीका पत्रकारहरूले राजधानी काराकासमा सुरुमा विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन् । देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ ।

राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो ।

आक्रमणबाट भेनेजुएलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुएलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस