काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना होइन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरे।
आफूलाई नयाँ शक्तिबीच गठबन्धनको प्रयास भइरहेका बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। पोखरेलले पार्टीको इतिहास पुरानो हुने तर नीति र नेतृत्व अद्यावधिक भइरहँदा पार्टीहरु सधैं जीवन्त र सान्दर्भिक हुने बताए। आफ्नो पार्टी यी दुवै कुरामा सधैं अब्बल रहेको उनले उल्लेख गरेका छन्।
‘नेकपा एमाले नेपालका राजनीतिक दलहरु मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो’ महासचिव पोखरेलले लेखेका छन् ‘यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरु नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन्’, उनले भनेका छन्।
नयाँका नाममा चर्चामा आएका रबि, बालेन, हर्क साम्पाङ वा कुलमान उनीहरु सबै राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको पोखरेलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल