काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच हालै भेटवार्ता भएको बताइएको छ। स्रोतका अनुसार उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, सुशासन, स्थानीय तह र संघीय सरकारबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो।
भेटवार्ताको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन। दुवै पक्षबाट भेटबारे कुनै लिखित विज्ञप्ति जारी नभएकाले छलफलको विषयवस्तु खुल्न सकेको छैन।
राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व मानिने लामिछाने र शाहबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय सुशासन र जनचासोका मुद्दामा दुवैको सक्रिय भूमिकालाई ध्यानमा राख्दै उक्त भेटलाई चासोका साथ हेरिएको छ।
यस विषयमा थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
बालेनलाई मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा
के थियो बालेनको स्टाटस ? किन भइरहेको छ विरोध ?
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव