काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन्।
बुधबार महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखा परे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका हुन्।
उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखा पर्ने चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ । एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्दै मुलुकलाई सही बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए।
नेकपा एमालेको ११ औँ महाधिवेशनमा उनी महासचिवका उम्मेदवार हुन्। अहिले मतदान जारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल