काठमाडौ । एमाले महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मंगलबारको मतदान आजका लागि सार्न वरिष्ठ उपाध्यक्ष (अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल)ले आयोगलाई अनुरोध गरेको बताएका छन्।
उनले सबै प्रतिनिधिलाई आज बिहान ८ बजेदेखि अधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित हुन अनुरोध गरेका छन्। उनले आज मत हाल्न आउने प्रतिनिधिका लागि खाजा तथा खानाको व्यवस्था गरिएको पनि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
उनले लेखेका छन्, 'निर्वाचन आयोगले तयार गरेको उम्मेद्वार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भयो। यही कारण निर्वाचन मंगलबार सुरु गर्न नसकिएपछि आयोगको निर्देशनअनुसार मतदान बुधबार बिहानबाट सुरु गर्ने गरी स्थगित गरिएको हो।
यद्यपि मतदान सार्न वरिष्ठ उपाध्यक्ष कमरेडले आयोगलाई अनुरोध गर्नु भएको थियो। सबै प्रतिनिधिहरुलाई बिहान ८ बजेदेखि अधिवेशन स्थलमा उपस्थित हुन अनुरोध छ। बुधबारका लागि खाजा तथा खानाको व्यवस्था गरिएको छ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल