आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०८२, ०७ : १४
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल

काठमाडौ । एमाले महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मंगलबारको मतदान आजका लागि सार्न वरिष्ठ उपाध्यक्ष (अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल)ले आयोगलाई अनुरोध गरेको बताएका छन्।

उनले सबै प्रतिनिधिलाई आज बिहान ८ बजेदेखि अधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित हुन अनुरोध गरेका छन्। उनले आज मत हाल्न आउने प्रतिनिधिका लागि खाजा तथा खानाको व्यवस्था गरिएको पनि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। 

उनले लेखेका छन्, 'निर्वाचन आयोगले तयार गरेको उम्मेद्वार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भयो। यही कारण निर्वाचन मंगलबार सुरु गर्न नसकिएपछि आयोगको निर्देशनअनुसार मतदान बुधबार बिहानबाट सुरु गर्ने गरी स्थगित गरिएको हो।

यद्यपि मतदान सार्न वरिष्ठ उपाध्यक्ष कमरेडले आयोगलाई अनुरोध गर्नु भएको थियो। सबै प्रतिनिधिहरुलाई  बिहान ८ बजेदेखि अधिवेशन स्थलमा उपस्थित हुन अनुरोध छ। बुधबारका लागि खाजा तथा खानाको व्यवस्था गरिएको छ।'

प्रतिक्रिया दिनुहोस