काठमाडौँ । समानुपातिक निर्वाचन बाहिर ४३ वटा दल रहने भएका छन् । उनीहरूले २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।
निर्वाचन आयोगका अनुसार दल दर्ताको संख्या १४३ छ । त्यसमध्ये एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । बाँकी ४३ दलले समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि निवेदन नै दिएका छैनन् ।
निर्वाचन आयोगले मंसिर २१, २२ र २३ मा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तय गरेको थियो । निर्धारित समयमा एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका हुन् ।
प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय छ ।
प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।
प्रतिनिधि सभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ ।
प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?
प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थल रहने
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान