एजेन्सी । रुस–युक्रेन वार्ताका लागि विशेष अमेरिकी दूत स्टिभ विटकोफले युक्रेन राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभसँग मियामीमा छलफल गर्ने भएका छन् ।
यसअघि मंगलबार विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा पाँच घण्टा छलफल गरेपनि कुनै निकास निस्कन सकेन ।
सन् २०२२ देखि चलिरहेको युद्धलाई अन्त्य गर्नका लागि अमेरिकाले पछिल्लो समय रुस र युक्रेनसँग बेग्ला–बेग्लै छलफल गरिरहेको छ ।
छलफलमा रुस र युक्रेन दुबै पक्षका नेताहरुले शान्ति स्थापनाका लागि प्रतिवद्ध रहेको बताएपनि त्यसलाई व्यवहारमा उतार्न सकेका छैनन् ।
अमेरिकाले अघि सारेका शान्ति प्रस्ताव र त्यसमा गरिएको संशोधनका विषयमा पछिल्ला छलफल केन्द्रीत छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १८ मंसिर २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण