जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।
विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन