काठमाडौँ। मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।
आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।
सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त