काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी गतिविधि मधेश प्रदेशबाट औपचारिक रूपमा सुरु गर्ने निर्णय गरेको छ। यसका लागि माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय आमसभा आयोजना गर्ने तयारी गरिएको छ, जसलाई पार्टीको अभियान प्रारम्भको संकेतका रूपमा लिइएको छ।
जनकपुरमा हुने उक्त कार्यक्रममा काँग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित पार्टीका शीर्ष तहका नेताहरू सहभागी हुने र सभालाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ। पार्टीले निर्वाचन प्रचार-प्रसार व्यवस्थापनका लागि उपसभापति शर्मालाई केन्द्रीय तहको प्रचार समिति संयोजकको जिम्मेवारी दिएको छ।
सभाको केन्द्रीय समन्वय उपसभापति शर्माबाट हुने बताइएको छ भने प्रदेश स्तरको व्यवस्थापन र तयारीका विषयमा मधेश प्रदेश काँग्रेस समितिको बैठक शनिबार बस्ने तयारी भइरहेको छ। प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन संगठनात्मक संरचना र परिचालनमा जोड दिइएको छ।
काँग्रेस सभापति गगन थापा सर्लाही-४ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले मधेश प्रदेशलाई रणनीतिक केन्द्रका रूपमा राखी आफ्ना गतिविधि विस्तार गरिरहेका देखिन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण