बिराटनगर । आइतबार गण्डकी प्रदेशको पोखरामा एकता सन्देश सभा गरेको नेपाली कम्युनिस्ट पार्टीले आज कोसी प्रदेशको विराटनगरमा त्यस्तो सभा गर्दैछ।
विराटनगरको पुरानो गुद्री बजारमा दिउँसो १२ बजेदेखि सभा सुरु हुने नेकपाका नेता निर्मल बरालले जानकारी दिए।
सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्नेछन्। सभाको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, महेन्द्र राय लगायत विराटनगर पुगिसकेका छन्।
एक दर्जन भन्दा धेरै वामपन्थी घटक मिलेर गएको कात्तिक १९ गते निर्माण भएको नेकपाले देशका सबै प्रदेशमा प्रमुख नेताको उपस्थितिमा एकता सन्देश सभा गर्ने जनाएको छ।
अब कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते त्यस्ता सभा हुनेछन्।
यही मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ। नेकपाले सुदूरपश्चि, लुम्बिनी र गण्डकीमा सभा सकिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
मौन अवधिमा झुठा सामग्रीको प्रचारप्रति नेपाली कम्युनिस्ट पार्टीको आपत्ति
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची