काठमाडौँ । मौन अवधिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र तारा चिन्हबाहक उम्मेदवारबिरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुठो सामग्री प्रचार भएकामा पार्टीले आपत्ति जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकामा चिन्ता ब्यक्त गरेका छन् । उनका अनुसार पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो आउने गरी बनाइएका नक्कली भिडियो बन्द गराउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकामा आपत्ति जनाइएको छ ।
देश जलाउने, जेन्जी युवाको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरु नै यस्ता दुस्प्रचारमा लागिरहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै