मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०८२, ०६ : ३२
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको उमेदवारको बन्दसूची बुझाएको छ । मध्यरातमा निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले सूची बुझाएको हो । 

नेकपाले खस आर्यबाट ३२ जना, आदिवासी जनजातिबाट ३३, मधेसीबाट १८, दलितबाट १५, मुस्लिमबाट पाँच र थारुबाट सातजनाको नाम सूचीमा राखेको छ । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक सूची बुझाउन मिति सोमबारसम्म थियो ।

प्रतिक्रिया दिनुहोस