४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता

सफल खबर संवाददाता

विहीबार, २४ बैशाख २०८३, १४ : २६
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता

एजेन्सी । कम्तिमा ४९१ जना अफगान कैदी सहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् ।

पाकिस्तानका विभिन्न जेलहरूमा विभिद अभियोगमा कैद जीवन बिताइ रहेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका र पूर्वी नंगरहार प्रान्तको तोरखाम नाका हुँदै घर फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

यसै बीच चार हजार ७७२ जना अफगान शरणार्थीहरू बुधबार एकै दिनमा पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानीस्तानको पुनरागमन समस्याहरू सम्बोधन गर्ने आयोगले जनाएको छ ।

स्वदेश आइपुगे पछि, बन्दीहरूको पुनः एकीकरण समर्थनका लागि आ–आफ्नो गृह प्रान्तहरूमा सारिनु अघि तत्कालका लागि मानवीय सहायता प्राप्त गरेको जनाइएको छ ।

गत वर्ष करिब ३० लाख अफगान शरणार्थीहरू छिमेकी इरान र पाकिस्तानबाट घर फर्केको जनाइएको छ भने दुवै देशले कागजात विहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्नको लागि र घर फर्कन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस