काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिएको बताएका छन्।
पार्टीको एघारौँ महाधिवेशन निजिकइरहेको सन्दर्भमा महासचिव पोखरेलले दलितलाई चुन्ने र चुनिने दुवै अधिकार रहेको स्पष्टीकरण दिएका हुन्।
‘एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ। यथार्थ के हो भने महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्नसमेत पाउँछन्। उनीहरूलाई त्यहाँ चुन्न र चुनिने दुवै अधिकार सुरक्षित छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर दलित समावेशी क्लस्टरमा जानेहरूले भने दलित प्रतिनिधि चयनका लागि मात्र भोट हाल्दछन्। यो व्यवस्था पार्टीले समावेशी सिद्धान्त लागु गरेदेखिकै हो। भविष्यमा सबैले सबैका लागि भोट हाल्नेगरी दलित समावेशीताको नयाँ व्यवस्था गरौँ भन्ने कुरामा पार्टीको असहमति रहनुपर्ने कुनै कारण छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल