काठमाडौं । प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न रोक लगाएको छ ।
राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न खोजेको थियो । तर ठूलो संख्यामा तैनाथ गरिएका प्रहरीले प्रदर्शन गर्न बिजुलीबजार पुग्नेहरुलाई त्यहाँबाट हटाएको थियो ।
सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका राजावादीहरूले शनिबार भने बिजुलीबजारमा प्रदर्शन गर्न खोजेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन