काठमाडौं । प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न रोक लगाएको छ ।
राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न खोजेको थियो । तर ठूलो संख्यामा तैनाथ गरिएका प्रहरीले प्रदर्शन गर्न बिजुलीबजार पुग्नेहरुलाई त्यहाँबाट हटाएको थियो ।
सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका राजावादीहरूले शनिबार भने बिजुलीबजारमा प्रदर्शन गर्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान