काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा बस्नु उचित नहुने बताएका छन् ।
मन्त्री घिसिङले आगामी निर्वाचनमा भाग लिने घोषणा गरिसकेको र आफ्नै पहलमा दल दर्तासमेत गरिसकेकाले गैरदलीय सरकारमा बस्न नमिल्ने तर्क महासचिव पोखरेलले गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्,– ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ? ‘ प्रधानमन्त्रीले अविलम्ब घिसिङलाई मन्त्री पदबाट बिदा गर्नुपर्ने पोखरेलले बताएका छन्।
‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र!,’ उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल