काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा बस्नु उचित नहुने बताएका छन् ।
मन्त्री घिसिङले आगामी निर्वाचनमा भाग लिने घोषणा गरिसकेको र आफ्नै पहलमा दल दर्तासमेत गरिसकेकाले गैरदलीय सरकारमा बस्न नमिल्ने तर्क महासचिव पोखरेलले गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्,– ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ? ‘ प्रधानमन्त्रीले अविलम्ब घिसिङलाई मन्त्री पदबाट बिदा गर्नुपर्ने पोखरेलले बताएका छन्।
‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र!,’ उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल