काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरदलीय सरकारमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई सहभागी गराउनु गलत भएको बताएका छन् ।
उनले पार्टी खोलेर चुनाव लड्ने घोषणा गरिसकेको व्यक्तिलाई सरकारमा राखिरहन नैतिकरूपमा नमिल्ने जिकिर गरेका छन् ।
“प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?” ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गर्दै पोखरेलले फेसबुकमा लेखेका छन् ।
पोखरेलले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नरहेको बताएका छन् । उनी अगाडि लेख्छन्, “प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?”
‘उज्यालो नेपाल’ पार्टी तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री घिसिङको समर्थनमा गठन भएको बताइएको छ । यद्यपि, निर्वाचन आयोगमा बुझाइएको विवरणका उनको नाम समावेश छैन ।
घिसिङ ‘उज्यालो नेपाल’ पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि बुधबार बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा उनी सहभागी भएर आफ्नो धारणा राखेको खबर सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’