रवि र छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, १९ : १२
रवि र छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश

काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश भएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण भन्दै मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । अहिले फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । 

प्रतिक्रिया दिनुहोस