काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ ।
महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन् ।
त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा केन्द्रित गर्न रविका ८ प्रस्ताव
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा
रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै
रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर