काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ लगिरहेको दाबी गरिरहेका छन् ।
लोकप्रिय पार्टीको नेतालाई स्थान हदले चुनाव हुने नभई मुलुकमा संकट निम्तिने उनको भनाइ छ ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले देशको संकट टार्न प्रतिनिधिसभाको पुनः स्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताएका छन् ।
‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ । यी सबै काम गर्नका लागि पहिलो सर्त प्रतिनिधिसभाको पुनः स्थापना हो ।’
केही मानिसहरूले दल सिद्धिए, खास गरी एमाले सकियो भनेर बनाइएको भाष्य वडा र पालिकाको प्रदर्शनले खण्डित पोखरेलको जिकिर छ ।
‘दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौँ मानिसहरू सडकमा आए । जनताहरू एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’
महासचिव पोखरेलले केही मान्छे सडकमा आउँदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताएका छन् ।
जेन जेडका नाममा भएको आन्दोलनमा व्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्याउन खोजिएको उनको भनाइ छ ।
‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऊँ । यो त नेपाललाई राज्यविहीन बनाउने, नेपाल र सारा नेपाली जनता माथि भएको प्रहारको रूपमा बुझ्नु पर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ, अबका दिन चुनौतीपूर्ण हुनेछन्’ : शंकर पोखरेल
‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल
बालेन लहर हाम्रा लागि शिक्षा हो : शंकर पोखरेल
योगेशको भनाइको अधुरो अंश सम्प्रेषण भएको हुनसक्छ : शंकर पोखरेल
२८ हजार बढी मतान्तरले हारे शंकर पोखरेल
‘विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक’ : शंकर पोखरेल