काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिराहा कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जीवन कुमार साह रहेका छन् । उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले सोमबार सिराहाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिन सट गरेको अश्लील तस्बिर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख/हैरानी दिई चरित्र हत्या गरेको उनीमाथि आरोप छ ।
साहलाई उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान