सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, १४ : २७
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहा कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जीवन कुमार साह रहेका छन् । उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले सोमबार सिराहाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिन सट गरेको अश्लील तस्बिर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख/हैरानी दिई चरित्र हत्या गरेको उनीमाथि आरोप छ ।

साहलाई उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस