‘सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ’ : पूर्णबहादुर खड्का

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १५ : ४८
‘सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ’ : पूर्णबहादुर खड्का

काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरूलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको जानकारी गराएका छन् ।

मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले कार्यसम्पादन बैठकमा अनौपचारिक छलफल गरेको जानकारी गराए ।

उनले भने,‘सबै एजेन्डाहरूलाई सहमतिमा टुङ्ग्याउने गरी वातावरण बनाउने प्रयत्न भइरहेको छ।’ सहमतिका लागि अनौपचारिक बैठकहरू बस्दै जाने पनि खड्काले जानकारी गराए ।

चुनाव अघि वा चुनावपछि महाधिवेशन भन्ने विषयमा काँग्रेसमा सहमति जुट्न सकेको छैन ।

गत शनिबार देखि रोकिएको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस