काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।
उनलाई प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ