दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन–जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको भन्दै नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका हुन् ।
'जेन–जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुँदैन पनि आक्रमण गरेर कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो’, पोखरेलको भनाइ छ । उनले जेन–जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्त्वको घुसपैठ भएको बताए ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आइएनजीओको भएको समेत दाबी गरे । सरकारले गैह्र सरकारी संस्थालाई जेन–जी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको पोखरेलको भनाइ छ ।
आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल