काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा काँग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन